१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

सुनमा धनी पर्यटनमन्त्री अधिकारी, घरमात्रै तीन वटा

९ जेठ, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । सार्वजनिक गरेको विवरण अनुसार उनी ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद्का सबैभन्दा बढी सुन भएको मन्त्री बनेका छन । सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार उनीसँग ६० तोला सुन र ३० किलो चाँदी छ ।

सबैभन्दा बढी सम्पत्ति रहेका रघुबीर महासेठको जम्मा ५ तोला सुनमात्र विवरणमा सार्वजनिक भएको छ । अधिकारीको पोखरा र काठमाडौंमा गरी तीन वटा घर छ भने पोखरामा दुई स्थानमा जग्गा पनि छ । उनीसँग बैंक खातामा साढे २४ लाख रुपैयाँ मौज्दात र २० लाख बराबरको कार छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १९:२०