४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गृहमन्त्रीको सपत्तिः छिमेकीले उपाहर दिएका दुई वटा कुकुर, बैंकमा २० हजारमात्र

९ जेठ, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । उनले आफ्नो सम्पत्ति विवरणमा दुई वटा कुकुर रहेको र त्यो छिमेकीले दिएको उल्लेख गरेका छन । श्रीमती नैनकला थापाको नाममा चितवनमा घर र जग्गा, ६ तोला सुन र तीन लाख रुपैयाँ नगद भएको उल्लेख गरेका छन् ।

यसअघि पहिलो संविधानसभामा सभासद हुँदा २० हजार बैंकमा मौज्दात रहे पनि हाल निष्क्रिय रहेको उनले खुलाएका छन् । स्वकीय सचिव विरु तामाङको नाममा ६० हजार रहेको सम्पत्ति विवरणमा छ । अपर तामाकोशी जलविद्युतमा श्रीमतीका नाममा एक सय ४६ कित्ता सेयर रहेको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १८:५८