९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

मात्रिका यादवको ललितपुरसहित सात ठाउँमा जग्गा, दुई वटा घर

९ जेठ, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । उनले आफ्नो सम्पत्ति विवरणमा रविकिरण यादव र श्रीमती प्रमिलादेवी यादवका नाममा सिराहा, धनुषा र ललितपुरमा सात स्थानमा जग्गा भएको उनले उल्लेख गरेका छन् ।

त्यस्तै सिरहा र धनुषामा एक÷एक वटा घर रहेको उल्लेख गरेका छन । उनीसँग ६ तोला सुन, १० तोला चाँदी र पाँच लाख ५२ हजार रुपैयाँ बैंक मौज्दात रहेको विवरणमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १८:४८