९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा १ अर्ब ४० करोड लगानीमा जलविद्युत् केन्द्र निर्माण हुने

९ जेठ, काठमाडौँ । सिन्धुपाल्चोकको याम्बालिङ खोलामा निर्माण हुन लागेको जलविद्युत् केन्द्रमा चिनियाँ कम्पनी जोङदिङ इन्टरनेशनल इञ्जिनियरिङ कम्पनीले लगानी गर्ने भएको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माण हुन लागेको ७ दशमलव २७ मेगावाट क्षमताको जलविद्युत् केन्द्र निर्माण हुन लागेको हो ।

याम्बालिङ हाइड्रोपावर प्रालिले आज यहाँ पत्रकार सम्मेलन गरी आगामी दुई वर्ष्भित्र याम्बालिङ जलविद्युत् आयोजना सम्पन्न हुने जानकारी दियो ।

प्रालिका अध्यक्ष कमानसिंह लामाले १ अर्ब ४० करोड लगानीमा जलविद्युत् केन्द्र निर्माणका लागि सम्झौता भएको बताए । शुरुमा ७ दशमलव २७ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य रहेपनि आगामी दिनमा ४० मेगावाट उत्पादन गर्ने गरी सम्झौता भएको जानकारी दिए ।

चालीस मेगावाट जलविद्युत् उत्पादनका लागि नौ अर्ब ४० करोड लाग्ने अध्यक्ष लामाले बताए उनले याम्बालिङ हाइड्रोपावर प्रालिले मुलुकको आर्थिक विकास र समृद्धिको अभियानलाई सफल पार्न स–साना आयोजना निर्माण गरेरै भए पनि सरकारलाई साथ दिने लक्ष्य लिएको बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १८:०५