९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

दुई घरपरिवारबाट स्वास्थ्य चौकीलाई ४० लाख बराबरको जग्गादान

९ जेठ, पाल्पा । रामपुर नगरपालिका–८ मा रहेको खालीवन स्वास्थ्य चौकीलाई दुई घरपरिवारबाट ४० लाख बराबरको जग्गा दान गरीएको छ ।

दुई परिवारले चार रोपनी जग्गादान गरेको छ । उक्त जग्गा ४० लाख बराबरको भएको र जग्गा स्वास्थ्य चौकीको नाममा पास गरीएको छ ।

कुमराङ बस्ने स्व झगरसिं रानाको स्मृतिमा श्रीमती टुकीसरा राना, छोरा प्रेमबहादुर रामजाली, टेकबहादुर रामजाली, गमबहादुर रामजाली, पूर्णबहादुर रामजाली र रुपबहादुर रामजालीसहित रामजाली परिवारले रु २५ लाख मूल्य पर्ने दुई रोपनी छ आना जग्गादान गरी मालपोत कार्यालय, रामपुरमा रजिष्टे«शन पास गरी दिएका छन् ।

त्यसैगरी, कुमराङ बस्ने स्व खड्गसिं ठाडामगरको छोरा खेमबहादुर ठाडा र बुहारी भुवानीसरा ठाडामगरले रु १५ लाख मूल्य बराबरको एक रोपनी १० आना जग्गादान गरी स्वास्थ्य चौकीको नाममा पास गरेको खालीवन स्वास्थ्य चौकीका प्रमुख सुभाष अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १२:४०