१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

हत्या प्रयास भनिएको घटनामा रिवाजको संलग्नता छैनः राजाराम रेग्मी


९ जेठ, काठमाडौँ । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले सैनिक आवासिय महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीमाथि भएको घटनाका विषयलाई लिएर आफ्नो बद्नाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन । रेग्मीले दैनिकीसँग कुरा गर्दै श्रीनव लामिछाने माथि कुटपिट भएको घटनामा आफ्नो छोरा रिवाज रेग्मीको संलग्नता नरहेको बताए ।

उनले रिवाजलाई उक्त घटनामा जवर्जस्ती जोड्नका लागि आफ्नो समेत नाम जोडेर समाचारहरु प्रकिाशत भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन । रेग्मीले आफ्नो व्यवसायीक सफलताबाट आत्तिएकाहरुले भ्रम छर्न खोजको भन्दै भ्रममा नपर्न आग्रह समेत गरेका छन । उनले घटनाको निष्पक्ष छानविन गरेर कानुन अनुसार कारबाही हुनेपर्ने बताए ।

यसअघि चितवनको खैरेनी नगपालिका वडा नम्बर ३ मा रहेको सैनिक आवासिय महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रीनव लामिछानेमाथि हत्या गर्ने प्रयास भएको भन्दै पीडित परिवारले सत्य तथ्य बाहिर आउनुपर्ने भन्दै अध्यक्ष रेग्मीका छोराको संलग्नता रहेको आरोप लगाएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १०:००