४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विकट गाउँमा सडक पुग्यो स्थानीय खुशी

९ जेठ, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८, मंगलेखानी विकट गाउँ सडक सञ्जालमा जोडिएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा ७ नम्बर वडा नकलडाँडादेखि तीन किलोमिटर ५०० मिटर सडक विस्तार गरेर मंगलेमा सडक पु¥याइएको हो । सडकबाट करीब १०० घरधुरी लाभान्वित भएका वडाध्यक्ष गमान छन्त्यालले बताए ।

उनका अनुसार गाउँपालिकाको ८ लाख अनुदान सहयोगमा सडक निर्माण भएको हो । सडकमा जिप, ट्र्याक्टर, मोटरसाइकल चल्न थालेपछि आवतजावत, निर्माण तथा दैनिक उपभोग्य सामग्री र खाद्यान्न ढुवानीका साथै स्थानीय कृषिउपज निकासी गर्न सहज भएको छ ।

भौगोलिकरुपमा विकट गाउँमा सडक पुगेको खुशियालीमा स्थानीयवासीले नाचगान गरेर खुशियाली मनाएका छन् । सडक बनेपछि एक घण्टाको पैदलयात्रा २० मिनेटमा छोटिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार ०८:३७