४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

क्यासिनो रोयलमा प्रहरीको छापा, बाैद्धका सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठ पक्राउ

८ जेठ, काठमाडाैँ । महानगरीय अपराध महाशाखाले क्यासिनोमा जुवा खेल्ने र खेलाउने दुई जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा टुसाल बस्ने ६६ वर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

गैरकानूनी रुपमा नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाको सातवटा क्यासिनोमा छापा मार्दा दुई जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई जुवा ऐनअनुसार कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार २१:४४