६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

राजस्व विभागद्धारा जेठ २५ सम्ममा कर बुझाउन निर्देशन, नबुझाए जरिवाना लाग्ने

२० जेठ, काठमाडाैँ । आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर तथा कर विवरण बुझाउन निर्देशन दिएको छ। एक सूचना जारी गर्दै विभागले जेठ २५ गतेसम्ममा कर तथा कर विवरण नबुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने बताएको छ ।

 

सरकारले काेराेना संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रुपमा बुझाउनु पर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद थप गरेको थियो। सोही निर्णय अनुसार विभागले कर विवरण र कर तिर्न सूचना जारी गरेको हो।

प्रकाशित मिति : June 2, 2020 at 11:42 am