२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

काठमाडौँबाटै पक्राउ परे सुन तस्करीका नाइके चुडामणि उप्रेती ‘गोरे’


८ जेठ, काठमाडौं । सुन तस्करीका नाइके चुडामणि उप्रेती ‘गोरे’ काठमाडौँबाटै पक्राउ परेका छन । ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त गोरे काठमाडौंको गौरीघाटबाट पक्राउ परेको छानविन समितिले जनाएको छ ।

विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको हो । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो । समितिका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् ।

(यसअघि प्रकाशित समाचारमा गोरे सिक्किमबाट पक्राउ परेको भन्ने जानकारी भुलवश प्रकाशित भएकाले त्यसबाट पाठकवर्गमा पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छाैँ ।–सम्पादक)

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार १२:३४