१५ पुष २०८१, सोमबार | Tue Dec 31 2024

शिक्षामा १ खर्ब ७१ अर्ब बजेट बिनियोजन

१५ जेठ, काठमाडाैँ । सरकारले शिक्षा क्षेत्रका लागि १ खर्ब ७१ अर्ब बजेट विनियोजन गरेको छ । निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड दिइने बजेट भाषणमा भनिएको छ । विश्व विद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड छुट्याइएको छ ।

सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्‍न दिवा खाजा कार्यक्रमका लागि ७ अर्ब ५२ करोड विनियोजन गरिएको छ । यसबाट २८ लाख बालबालिका लाभान्वित हुनेछन् । मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु गर्न १ अर्ब २५ करोड बजेट बिनियोजन भएको छ । यसैगरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब बजेट विनियोजन भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १७:४४