५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पानी मात्र नचल्ने हो, रगत चलाउन मिल्दो रहेछ (गजल)


–गणेश आचार्य
माया बस्या दुई दिनमा नै मुटु साट्न हतार भयो ।
देशको लागी मर्छु भन्थ्यो आज उहीँ ग़द्दार भयो ।

हामी दुईको संबन्ध अबैधानिक छ जान्दा जान्दै
लिप्त थियौ प्रेम बासनामा गल्ति बारम्बार भयो ।

पानी मात्र नचल्ने हो, रगत चलाउन मिल्दो रहेछ
तल्लो जातको रगत नै उसको बाच्ने आधार भयो

हिजो, आफ्नो संझीएर खोलीदिए मन पेट सबै
आज, मेरा कमजोरी उसका लागी हतियार भयो ।

आफ्नो औकात हेर्नु भन्दै लत्याएकी हुन् मलाई
आज उनैले प्रस्ताव राखीन् खै के चमत्कार भयो ।

प्रतिपक्षी थियो र लम्पसारबादी दलाल भन्थ्यो
आज उसकै नेता बन्यो, कार्यकर्ता लाचार भयो ।

–जैमिनी न. पा. ५ बाग्लुङ
हाल इटली ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार ०८:५२