१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेकपामा असन्तुष्टिको आगो, झलनाथ खनालको नेतृत्वमा विद्रोहीको चेतावनी

६ जेठ, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मदन आश्रित स्मृति दिवसका दिन एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा असन्तुष्टि सार्वजनिक हुनेक्रम बढेको छ । पार्टी एकीकरणका विषयमा सहमति भए पनि महासचिवको चयन र हाइकमाण्डको गठनको विषयलाई लिएर तीव्र असन्तुष्टि देखिएको छ । असन्तुष्टि समूहको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेतृत्व गर्ने भएका छन । असन्तुष्टहरुले सम्भावना बोकेका नेताहरुलाई पाखा लगाउन षड्यन्त्र भएको आरोप लगाएका छन ।

झलनाथ खनालले अनलाइनखबर डटकम मार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गराएका छन । उनले ओली र नेपालले गरेको सबै सहमति मान्र्नुपर्छ भन्ने नरहेको भन्दै आक्रोश व्यक्त गरेका छन । र निर्णय अस्वीकार गर्ने चेतावनी दिएका छन । यो असन्तुष्टि केन्द्रीय सदस्यको चयनसम्मको विषयमा रहेको बुझिएको छ ।

दुई दलको एकीकरण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल हाइकाण्डमा नसमेटिएपछि असन्तुष्ट देखिएका छन । त्यस्तै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुषाल, सचिव योगेश भट्टराई, नेता सुरेन्द्र पाण्डे, पनि असन्तुष्ट रहेको कुरा सार्वजनिक भैसकेको छ ।

सूदुर पश्चिमका लोकप्रिय नेता रावलले नेकपा एमालेलाई सूदुर पश्चिममा स्थापित गराउन महत्वपूर्ण भूमीका निर्वाह गरेका थिए । राष्ट्र र राष्ट्रियताका पक्षमा कडा अडान राख्ने नेता रावलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयन पछि मात्रै भ्रमण सफल वा असफल हुने भन्दै भारत जानुलाई मात्र उपलब्धिकारुपमा ब्याख्या गर्न नहुने धारण सार्वजनिक गरेका थिए ।

तत्कालीन नेकपा एमालेका उपाध्यक्ष रहेका रावल नेता माधव कुमार नेपाल निकट मानिन्थे । उनी नेता नेपाल र केपी ओलीका बिचमा रहेको तिक्तता मेटाउन सफल बनेका थिए । नेता रावलकै कारण अहिले दुई जना नेताहरुका बिचमा कार्यगत एकता सम्भव देखिएका छ ।

सरकारमा सहभागिताका सन्र्दभमा प्रदेश नं. ७ लाई बेवास्ता गरेकोबाट केपी ओलीसँग भीम रावल चिढिएका थिए । ओलीसंँको भेटमा रावलले प्रदेशबाट अफूू अनुकुल मान्छेलाई मन्त्री बनाउन तर समग्र प्रदेशलाई बेवास्ता नगर्न आग्रह गरेका थिए ।

भारतिय हेपाहा प्रबृतिका बिरुद्ध खुलेर मुकाबिला गर्ने स्वभाव भएका रावललाई पार्टी एकीकरण प्रक्रियामा किनारा लगाउन भारतीयहरु सक्रिय भएको बुझिएको छ । श्रोतका अनुसार दुवै पार्टीका बाहालवाला महासचिव खालि गरेर एकीकृत पार्टीको महासचिव भीम रावललाई बनाउने सहमति बनेको थियो ।

पूर्वसहमति बिपरित अकस्मात रुपमा पुष्पकमल दाहालले महासचिवकारुपमा बिष्णु पौडेललाई प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा माधव नेपालले समेत सहमति जनाएपछि ओली समेत अफ्ठेरोमा परेका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार २२:२७