बहराइनमा रहेका थप ८८ जना नेपालीलाई कोरोना संक्रमण, संक्रमितकाे संख्या २४५ पुग्याे
२४ वैशाख, काठमाडाैँ । बहराइनमा रहेका थप ८८ जना नेपालीलाई कोरोनाकाे संक्रमण भएको छ । संक्रमित सबै नेपालीको अवस्था सामान्य रहेको र बहराइन सरकारले नै उपचार गरिरहेको दूतावासले जनाएको छ । योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या २४५ पुगेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
अहिलेसम्म बहराइनमा १ हजार ९ सय ५० जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये १ हजार ७ सय ६२ जना निको भएका छन् । अहिलेसम्म बहराइनमा कोरोनाका कारण ८ जनाको मृत्यु भएकाे छ ।
प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार १६:५०