३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

सामाजिक सञ्जालमा मृत्युको हल्ला चलिरहँदा २० दिनपछि सार्वजनिक भए किम जोङ–उन


२० वैशाख, काठमाडाैँ । सामाजिक सञ्जालमा मृत्युको हल्ला चलिरहँदा उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि सार्वजनिक भएका छन । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमहरुले किम सार्वजनिक कार्यक्रममा देखिएको पुष्टि गरेकाछन् । समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेको उल्लेख गरेको छ ।

नेता किम अप्रिल १२ यता देखिएका थिएनन् । उनि त्यो पश्चात पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएको जनाईएको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किमले उद्योग उद्घाटन गर्ने क्रममा रिबन काट्दै गरेको तस्बिर पनि सार्वजनिक भएपछि उनि स्वस्थ्य र जिवित रहेको पुष्टि भएको छ ।

दक्षिण कोरियाको सिओलबाट सञ्चालन हुने डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो । उनि २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएपछि अमेरिका लगायतका राष्ट्रहरु अचम्मित भएकाछन्। अमेरिका जस्तो देशलाई झुकाउनसक्ने हैसियत बनाएका उनको बिषयमा थुप्रै टिकाटिप्पणीहरु भएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार ०९:२५

https://srdb.com.np/