४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

क्युवाली विमान दुर्घटना, ११३ जनाको मृत्यु, तीन जनाको जिवितै उद्धार

५ जेठ, काठमाडौँ । क्युवामा विमान दुर्घटनामा परी सय भन्दा बढीको मृत्यु भएको छ । क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन ।

क्युबाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा परेको हो । विमानमा चालक दलका सदस्यसहित १ सय १६ जना थिए जसमध्ये तीन जनालाई गम्भीर घाइते अवस्थामा उद्दार गरिएको छ ।

बाँच्न सफल तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । क्यूबाली राष्ट्रपति मिगेल डियाज दुर्घटनास्थल पुगेर दुर्घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार ०७:४२