१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना तुहाउने षडयन्त्र असफल पाराैँ

-अनुजकुमार श्रेष्ठ

अस्थिरताको भुमरीबाट मुक्तभई समृद्धिको सुनौलो यात्रामा अघि बढ्दै गरेको मेरो देश फेरि एकपटक दलदल भासिनेबाटोमा उन्मुख हुनुखोजेको आभाष भएको छ । नेपाली जनताले मन मुटुमा सजाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना तुहाउने षडयन्त्रका काला बादलहरु मडारिदैछन् । नेपाली जनताको आशा र समृद्धिको सपना चकनाचुर हुनु भनेको देश असफल हुनु हो । के हामी असफल देशको नागरिक भएर बाच्न तयारछौँ ?  आफूले आफैलाई केवल एक पटक मात्रै प्रश्न गरौँ ।

पुरानो रुढीवादी अनुत्तरदायी प्रणाली त्यसका चुनौतीहरु हुन् । यद्यपी जनताले आज केही नयाँ अनुभव गरेका छन्। देश र जनताप्रति सरकार भावनात्मक रुपले जोडिनु नै अहिलेको सबैभन्दा ठूलो उपलब्धि हो ।

दशकौँदेखिको अस्थिरता चिर्दै बल्लतल्ल प्राप्त भएको स्थायित्व माथि फेरि गिद्दे नजर परेकोछ । नेपाली जनताले जहानिया राणा शासन भोग्यो, निर्दलीय पञ्चायती व्यवस्था खप्यो । जनताको निरन्तर प्रयास र बलिदानबाट बहुदलीय व्यवस्था प्राप्त भयो तर जनताले सहिढङ्गबाट उपभोग गर्न नपाउदै देशमा अस्थिरताको शुरुवात हुनगयो । देशमा स्थायी सरकार नहुँदा विकास निर्माणका कार्यहरु ठप्प भए । यसैबीच देशले फेरि एक दशक माओवादी जनयुद्ध व्यहोर्नु पर्यो जसबाट नेपाली जनताको दैनिकीमात्रै होइन हरेक क्षेत्र प्रभावित हुन पुग्यो, विकास १० वर्षपछि धकेलियो । एकातिर दलीय खिचातानी र अर्कोतिर चर्कदो माओवादी जनयुद्धका कारण देश उल्टो दिशातर्फ जाँदै गर्दा केही समय तानाशाही राजतन्त्रले टाउको उठाउने अवसर समेत प्राप्त गर्यो । ०६२/६३ को जनआन्दोलनबाट प्राप्त लोकतन्त्र र त्यसबाट प्राप्त संविधानसभाको उपलब्धि स्वरुप अहिले हामी गणतन्त्रात्मक व्यवस्थामा छौँ ।

फाइल फाेटाे

लामो उतारचढावबाट देशले एउटा निकास पाएकोछ। नेपाली जनताले अपार विश्वास गरेको दुई तिहाइको स्थायी सरकार पाएकाछन् । संसारभर छरिएका नेपालीहरु आफ्नो देश प्रति गर्व गर्दै छन् । देशले विकासको मार्ग तय गर्नेमा विश्वस्त भएका छन् । हरेक तह र तप्कामा रहेका नेपालीहरुमा नयाँ उर्जा सिर्जना भएकोछ । देश भित्र र बाहिर रहेका हरेक नेपालीजन देशमा अब केहि नयाँ हुदैछ भन्दै जाँगरका साथ आफ्नो कार्यमा लागेका छन् । विकासका परिसूचकहरु सकारात्मक दिशातर्फ अघि बढ्दैछन्  । समग्रमा भन्नू पर्दा नेपाली हुनुमा गर्व गर्दैछन् । यो देशमा केही हुदैन भन्ने निराशाजनक सोचाईमा परिवर्तन भै अब केहि नयाँ हुदैछ भन्ने सोचाईको विकास भएकोछ । राज्यले के दियो भन्ने भन्दा राज्यलाई के दिन सकिन्छ भन्ने सोचाईको विकास हुदैछ। यो सबै स्थायी सरकार हुनुको नतिजा हो ।

इमानदारीपूर्वक आफुले आफैलाई सोधौँ, म समृद्ध देशको नागरिक हुँदै छु भन्नेमा हामी कहिल्यै यति धेरै उत्साहित भएका थियौंँ ? धन्यवाद छ ती सबै उत्साहका बाहकलाई, धन्यवाद छ सपना द्रष्टा आदरणीय हाम्रा नेतालाई, धन्यवाद छ दूरदर्शी नेता प्रधानमन्त्री केपी ओलीलाई। विश्वास छ, कालो रातपछि झुल्किने घाँमका सुनौलो किरणसँगै काला बादलहरु फाट्ने छन् ।

हो भौतिक पूर्वाधारको विकास हुनु आवश्यक छ। तर त्यसभन्दा पहिले हरेक नागरिकले देशका खातिर केहि योगदान गर्न तयार हुने वातावरण निर्माण गर्नुपर्छ । हरेक नागरिकले देशको उन्नतीसँग आफ्नो सुखद भविष्यको कल्पना गर्न सक्नुपर्छ । यसको निम्ति राज्यले दुरदर्शीता प्रस्तुत गर्न सक्नुपर्छ । राज्यको नेतृत्वले जनताको सुखद भविष्यका निम्ति अल्पकालीन र दीर्घकालीन नीतिहरु अवलम्बन गर्न सक्नुपर्छ । पुरानो रुढीवादी अनुत्तरदायी प्रणाली त्यसका चुनौतीहरु हुन् । यद्यपी जनताले आज केही नयाँ अनुभव गरेका छन्। देश र जनताप्रति सरकार भावनात्मक रुपले जोडिनु नै अहिलेको सबैभन्दा ठूलो उपलब्धि हो ।

सरकारप्रति जनताको विश्वास, विकास निर्माण, दैनिक प्रशासनिककार्य र आपुर्ती व्यवस्थासँग मात्रै होइन सुखद भविष्यको आशा र परिकल्पनासँग पनि जोडिएको हुन्छ । समृद्ध नेपाल र सुखि नेपालीको पिरिकल्पनाले हरेक नेपालीमा आशाको नयाँ रक्तसञ्चार गरेको कुरालाई कसैले नकार्न मिल्दैन । दुरदराजका नेपालीहरु समेत देशमा रेल आउने कुराले उत्साहित छन् । रेल एउटा प्रतीक हो, रेल कुद्न पक्कै समय लाग्नेछ । त्यहि अनुसारको पूर्वाधार विकास भएपश्चात रेल अबश्य कुद्ने नै छ । आफ्नै ध्वजाबाहक पानी जहाज पनि हुने नै छ। तर यहाँ रेल र पानी जहाज आउनु र कुद्नु भन्दा पहिलो कुरा त्यसको सपनाले मात्रै पनि नेपाली जनतामा पलाएको आशा र सम्भावनाले समृद्ध नयाँ नेपालको परिकल्पना गर्न सकेकाछन् ।

सरकारले आह्वान गरेका हरेक कार्यक्रममा नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएकाछन् । यो सरकारको निम्ति ठुलो उपलब्धि हो । जनता र सरकारबीचको भावनात्मक सम्बन्ध यसरी नै विकास हुने हो । सरकारको आह्वानमा जनस्तरबाट देश विकासको महाअभियान शुरुआत हुने हो भने अब आम नेपाली जनताहरु उत्साह पूर्वक सहभागी हुने वातावरण तयार हुँदै छ। यस्तो वेला नेपाली जनता एकजुट हुनुपर्ने हो । आफ्नो सपना पूरा गर्न कम्मर कसेर जुट्नु पर्ने हो । तर विडम्बना यहाँ हामी एक आपसमा जुध्दै छौ । चौतर्फी घेराबन्दीमा परेको सरकारको खिल्ली उडाउँदैछौ । एक पटक मात्रै छातीमा हात राखेर सोचौँ कि हाम्रो देश नेपाल अभूतपूर्व रुपमा विकास हुदैँछ ।

इमानदारीपूर्वक आफुले आफैलाई सोधौँ, म समृद्ध देशको नागरिक हुँदै छु भन्नेमा हामी कहिल्यै यति धेरै उत्साहित भएका थियौंँ ? धन्यवाद छ ती सबै उत्साहका बाहकलाई, धन्यवाद छ सपना द्रष्टा आदरणीय हाम्रा नेतालाई, धन्यवाद छ दूरदर्शी नेता प्रधानमन्त्री केपी ओलीलाई। विश्वास छ, कालो रातपछि झुल्किने घाँमका सुनौलो किरणसँगै काला बादलहरु फाट्ने छन् । सुनौलो विहानीसँगै नेपाली जनताको सपनाको यात्रा निरन्तर अघि बढ्नेछन् । समृद्ध मुलुकको सुखी नेपाली भै बाच्ने मेरो अन्तष्करणको सपना अवश्य पुरा हुनेछन् ।

(लेखकः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता हुनुहुन्छ ।)

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार ०८:२१