१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कर तिर्ने अवधि जेठ २५ सम्म बढाइयो

१८ वैशाख, काठमाडौँ । सरकारले कर तिर्ने अवधि जेठ २५ सम्म बढाएकाे छ । वैशाख १४ मा बसेकाे मन्त्रिपरिषद् बैठकले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने अधिकांश करको भुक्तानी गर्ने समयावधि जेठ २५ सम्मका लागि बढाएको हाे ।

चैत १६ मा बसेको मन्त्रिपरिषद् बैठकले कर तिर्ने समय वैशाख २५ सम्म सारेको थियो । तर, यस अवधिमा पनि लकडाउन खुकुलो हुने अवस्था नआएपछि अर्थ मन्त्रालयले कर भुक्तानी गर्न सकिने अवधि एक महिना थप्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार १७:४०