३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

अग्नि ग्रुपले शुक्रबारबाट ३ दिने अनलाइन फिटनेस कार्यक्रम सञ्चालन गर्ने

१८ वैशाख, काठमाडौँ । अग्नि ग्रुपले शुक्रबारबाट ३ दिने अनलाइन फिटनेस कार्यक्रम सञ्चालन गर्ने भएकाे छ । अनलाइन सेवामार्फत्  मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको अग्नि ग्रुपले आगामी ३ दिन आम नागरिकहरूमा महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक प्रेरणा शाहबाट अन्तर्कृयात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवादमा जोडिन सकिने कम्पनीले जनाएको छ ।


कार्यक्रम भोलि वैशाख १९ गते शुक्रबार देखि २१ गते आइतबारसम्म हरेक दिन दिउँसाे ४ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ । प्रत्यक्ष संवाद कार्यक्रमले मानिसहरूलाई आफ्नो वर्तमान जीवनशैली, योगासन, प्राणायाम एवं मानसिक तथा शारीरिक स्वास्थ्यसहित जीवनका सबै क्षेत्रका आफूले खोजेको जवाफ हासिल गर्न मद्दत पुग्नेछ । यो कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाले गर्नेछिन् ।

अग्नी ग्रपले लकडाउनका समयमा फ्रन्टलाइनमा बसेर काम गर्ने सबै जनशक्तिलाई सम्मान गर्न र जनमानसमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने दिशामा निरन्तर काम गर्दै आएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार १४:५४