३० बैशाख २०८१, आईतवार | Mon May 13 2024

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन


१८ वैशाख, काठमाडौँ । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुरकाे  ६७ वर्षको उमेरमा बिहीबार निधन भएकाे हाे ।

२ वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि १ वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

सन् १९५२ मा जन्मिएका ऋषि पहिलो पटक ‘मेरो नाम जोकर’ (१९७०)मा बालकलाकारका रुपमा देखिएका थिए । उनका पिता राज कपूरले निर्देशन गरेको यही फिल्मबाट उनले नेसनल अवार्ड जिते । त्यसको तीन वर्षपछि उनको पहिलो लिड रोल भएको फिल्म सार्वजनिक भएको थियो, ‘बब्बी’ । यसबाट उनले उत्कृष्ट अभिनेताको फिल्मफेयर अवार्ड जिते ।

ऋषिले जीवनकालभर ९२ फिल्ममा रोमान्टिक रोल निर्वाह गरे । जसमध्ये ३६ फिल्म बक्स अफिसमा हिट भए । उनको ‘खुल्लम खुल्ला : द ऋषि कपुर अन्सेन्सर्ड’ बायोग्राफी प्रकाशित छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार १०:२२

https://srdb.com.np/