२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

कोरोना रोकथाम तथा उपचार कोषमा एभरेष्ट बैंकद्वारा ६ लाख सहयाेग

१७ वैशाख, जनकपुरधाम । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २को सरकारले स्थापना गरेको राहतकोषमा एभरेष्ट बैंकले रु ६ लाख प्रदान गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले आज सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । राहतकोषमा प्राप्त रकम कोरोना रोग नियन्त्रणमा खर्च गरिनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार १७:५९