२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

युरोपमा कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्न सुरू


१२ वैशाख, काठमाडाैँ । युरोपमा कोरोना भाइरस विरुद्धको खोप मानिसमा परीक्षण गर्न सुरू गरिएको छ । पहिलो पटक बेलायतमा दुई जनामा खोपको परीक्षण गरिएको छ । भाइरसविरुद्धको खोप परीक्षणका लागि आठ सय भन्दा बढी छानिएका थिए तर ती मध्ये दुई जना स्वयंसेवकमा पहिलो पटक परीक्षण गरिएको बीबीसीले जनाएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा तीन महिना लगाएर विकास गरिएको खोप परीक्षण गर्न सुरू गरिएको हो ।

बीबीसीका अनुसार छनोटमा परेका आधालाई कोरोनाविरुद्धको खोप र बाँकीलाई मेनिनजाइटिस रोकथामको खोप दिइनेछ । चिकित्सकहरूले कसलाइ कुन खोप दिएको भन्ने रेकर्ड राखे पनि खोप लिनेहरूले अाफूमा कुन खोपको परीक्षण गरिएको छ भन्ने तत्काल थाहा पाउने छैनन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार ०७:०८