१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

अस्थिरता र अराजकताको युग समाप्तः प्रचण्ड (भिडियोसहित)

३ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आजबाट अस्थिरता र अराजकताको युग समाप्त भएको बतएका छन । नेपाल कम्युनिष्ट पार्टीको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब देशमा विकास र सुशासनको युग सुरु भएको उनले बताए ।

उनले एमाले र माओवादीबीचको एकता विश्वकै लागि राजनीतिक स्थिरताको नयाँ उदाहरण भएको पनि बताए । जनताको भावनाअनुसार नै सबै वामपन्थी शक्तिहरु एक ठाउँमा जुटून् भन्ने चाहना हुँदाहुँदै पनि कम्युनिस्टबीच टुटफुट हुँदै आएको चर्चा गर्दै उनले जनताको अगाडि गरेको संकल्प र प्रतिबद्धता पूरा गरिने बताए ।

सुन्नुहोस् प्रचण्डको भनाइ

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार १९:३८