३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

आँचल र उदिपले ज्याला मजदुरी गर्दै आएका एक सय परिवारलाई बाँडे राहत

९ वैशाख, काठमाडौँ । नायिका आँचल शर्मा र उदिप श्रेष्ठले लकडाउनका कारण ज्याला मजदुरी गरेर गुजारा चलाउने एक सय परिवारलाई राहत वितरण गरेका छन् ।

नायिका शर्माले सामाजिक सञ्जालमार्फत आर्थिक समस्यामा परेकालाई सहयोग गरेको बताएकी छिन् । नायिका शर्माले यस्ताे संकटकाे समयमा समस्यामा परेकाकाे सबैजना एकजुट हुन र सहयोग गर्न पनि अनुरोध गरेकी छिन् । उनले क्षेत्रपाटी क्षेत्रमा बसोबास गर्ने मजदुर परिवारलाई सहयोग गरेको र पुनः सहयोग गर्ने पनि बताएकी छिन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार १२:५६