१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनाल नेकपाको वरिष्ठ नेता चयन

३ जेठ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको वरिष्ठ नेतामा पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनाललाई चयन भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको बैठकले नेपाल र खनाललाई वरिष्ठ नेतामा चयन गरेको हो ।

बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहेको नौ सदस्यीय सचिवालय समेत गठन गरेको छ । बैठकले विष्णु पौडेललाई सचिवालयको महासचिव र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ भने स्थायी कमिटी ४५ सदस्य हुने भएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार १७:५०