तनहुँमा बस दुर्घटनामा परी एक जनाको मृत्यु
१० फागुन, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन् । दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी–९ का ३८ वर्षीय कुलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय, वेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी उनले बताए । बुधबारको सोही दुर्घटनामा परी घाइते सोलुखुम्बु जिल्ला घर भई हाल शुक्लागण्डकी नपा–४ सेराटार बस्ने २४ वर्षीया गर्भवती नितु मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खैरेनीटारबाट पोखरा जाँदै गरेको ना ५ ख १९८० नंको मिनीबस उक्त ठाउँमा सडक छेउमा दुर्घटना भएको हो । बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहीबार ०७:४६