७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

बहराइनमा रहेका थप २७ जना नेपालीमा कोरोना संक्रमण


५ वैशाख, काठमाडौँ । बहराइनमा रहेका थप २७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीकाे संख्या ४९ पुगेको छ ।

बहराइनमा रहेको नेपाली दूतावासले एक विज्ञप्तिमार्फत त्यहाँ रहेका थप २७ जना नेपालीमा काेराेना संक्रमण देखिएको पुष्टि गरेको छ । बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार २०:०५