१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेकपाको ९ सदस्यीय हाइकमाण्ड गठन, ओली–प्रचण्ड अध्यक्ष, नारायाणकाजी श्रेष्ठ प्रवक्ता

३ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका लागि ९ सदस्यीय हाइकमाण्डको गठन भएको छ । एमाले–माओवादी एकता संयोजन समितिको बैठकले केपी शर्मा आली र पुष्पकमल दाहाल प्रचण्ड दुबै जना अध्यक्ष रहने गरी ९ सदस्यीय हाइकमाण्ड गठन गर्ने निर्णय गरेको हो ।

हाइकमाण्डमा केपी ओली र प्रचण्ड अध्यक्ष, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल सदस्य रहेका छन । हाइकमाण्डमा महासचिव र प्रवक्ताको जिम्मेवारी तोकिने नेताहरुले बताएका छन । प्रवक्ताको जिम्मेवारी नारायणकाजी श्रेष्ठ र महासचिवमा विष्णु पौडेललाई जिम्मेवारी दिने बुझिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार १५:५४