१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सनसिटीबाट अस्पताल लगिएका ८१ वर्षिया महिला र ५८ वर्षिय पुरूषमा कोरोना संक्रमणको पुष्टि

२ वैशाख, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेका एकै परिवारका २ जनामा कोरोना भाइरस (कोभिड-१९) को  संक्रमण पुष्टि भएको छ । पाटन अस्पताल भर्ना गरिएका ३ जनामध्ये ८१ वर्षिया महिला र ५८ वर्षिय पुरूषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

गत ५ चैतमा लण्डनबाट काठमाडाैँ आएका उनिहरूकाे सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

अस्पताल भर्ना भएका आमा र छाेरामा काेराेना संक्रमण पुष्टि भए पनि बुहारीकाे रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोगेश्वरी मनोहरा नगरका अनुसार सोमबार मुलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ को परीक्षण गर्दा तीन जनाको ‘रिपोर्ट पोजेटिभ’ आएको थियो ।

याे पनि पढ्नुहाेस्ः

आरडीटी परीक्षण गर्दा पेप्सिकोलाका एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार १२:३५