कैलालीकी ६५ वर्षीया महिलामा कोरोनाकाे संक्रमण, आधिकारिक पुष्टि हुन बाँकी
१ वैशाख, धनगढी । कैलालीमा एक जनामा काेराेना भाइरस (कोभिड-१९)काे सङ्क्रमण भएकाे छ । कैलालीकाे लम्की चुहाकी ६५ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण भेटिएको पुष्टि भएकाे हाे ।
वीरगञ्ज नाकामा चिया पसल गर्ने ती महिला १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । उनकाे प्रारम्भिक परिक्षणमा काेराेना सङ्क्रमण देखिए पनि आधिकारिक पुष्टि हुन भने बाँकी छ ।
प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार ११:३७