७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

कोरोनाका कारण बेलायतमा भूपू गोरखा सैनिकको निधन


– कृष्णप्रसाद शर्मा

३० चैत, लण्डन । कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आउनुभएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो ।

फाइल फाेटाे

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आउनुभएको थियो । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताउनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आईतवार ०८:१२