७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

तत्कालीन एमालेका नेता क्षेत्रीको कोरोनाका कारण बेलायतमा मृत्यु, परिवारका सदस्य आइसाेलेसनमा


२९ चैत, काठमाडाैँ । तत्कालीन एमालेका एक नेताको कोरोनाको कारण मृत्यु भएको छ । नातिको विवाहका लागि बेलायत  पुगेका तत्कालीन एमालेका नेता कर्णबहादुर क्षेत्री (केसी)को कोरोना संक्रमणका कारण निधन भएको प्रवासी नेपाली एकता मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिएका छन ।

केसी मार्च २ तारिखमा लण्डनमा भएको नातिको विवाहमा भाग लिन श्रीमतीसहित बेलायत पुगेका थिए । बेलायत बस्दाबस्दै खानाको स्वाद थाहा पाउन छोडेपछि र पखाला चल्न थालेपछि केसीलाई उत्तरी लण्डनमा रहेको नर्थविक पार्क हस्पिटलमा भर्ना गरिएको थियो । यद्यपी १० दिनसम्म आइसियुमा राख्दा पनि उनको स्वास्थ्योपचारमा कुनै सुधार भएन  र अप्रिल ८ मा उनको मृत्यु भयो ।

मञ्चका अध्यक्ष पुडासैनीका अनुसार केसी बेलायतमा छोरा मिलन केसी र बुहारी सरस्वती केसीका साथ बसोबास गर्दै आएका थिए । उनीहरु दुवैजना लण्डनमा व्यवसायरत छन् भने सरस्वती केसी गैरआवासीय नेपाली संघ युकेकी कार्यसमिति सदस्य हुन् । अहिले उनको परिवारका सदस्यहरु चिकित्सको सल्लाहमा आइसोलेसनमा बसेका छन ।

केसी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा बाग्लुङको अमलाचौर गाविसको उपाध्यक्षमा तत्कालिन नेकपा एमालेका तर्फबाट अत्यधिक मतबाट निर्वाचित भएका थिए । केसी बागलुङका विकासप्रेमी नेताको रूपमा पनि चिनिन्थे ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार ०७:५८