१४ पुष २०८२, सोमबार | Tue Dec 30 2025

सर्वदली संयन्त्र बनाउने प्रचण्डको प्रस्ताव ठाडै खारेज गर्न पूर्वमन्त्री बाँस्कोटाको माग

२८ चैत, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संविधानले नचिन्ने सर्वदलीय संयन्त्रको प्रस्ताव खारेज गर्न माग गरेका छन । शुक्रबार अपरान्ह ट्वीटरमा टिप्पणी लेख्दै  पूर्वमन्त्री बाँस्कोटाले संविधानले नचिन्ने सर्वदलीय संयन्त्र के सेकाउन चाहियाे ? भन्दै प्रश्न समेत गरेका छन ।

फाइल फोटो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले   बिहीबार साँझ इमेज टोलीभिजनलाइ घरैबाट लाइभ अन्तर्वा्र्ता दिँदै कोरोनाभाइरस (कोभिड–१९’ रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्र बनाउनुपर्ने बताएका थिए । उनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी संयन्त्रमात्र पर्याप्त नहुने भन्दै सर्वपक्षीय संयन्त्रको आवश्यकता औंल्याएका थिए । त्यसपछि सामाजिक सञ्जालमा प्रचण्डको उक्त प्रस्तावको पक्ष र विपक्षमा थुप्रै टिप्पणीहरू देखिएका छन ।

पूर्वमन्त्री बाँस्कोटाले पनि प्रचण्डकै उक्त प्रस्ताव ठाडै खारेज गर्न माग गरेका हुन । उनले भनेका छन ‘तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार छन । सत्तापक्ष र प्रतिपक्ष सबै त्यहाँ काेरना बिरुद्ध अहाेरात्र हातेमालोसाथ कार्यरतछन । अनिसगै स्वास्थ्यकर्मी,सेना, पुलिस, कर्मचारी र नागरिक युद्धमाेर्चा मै । तब संबिधानले नचिन्ने उच्चस्तरीय सर्वदलिय संयन्त्र के सेकाउन चाहियाे ? ठाडै खारेज गर, सरकार ।’

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार १७:४७