७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो एकै दिन १९ सयको मृत्यु


२८ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । बिहीबार अमेरिकामा एकैदिन १ हजार ९ सय भन्दा धेरै मानिसको मृत्यु भएको छ । अमेरिका विश्वभर यो भाइरसको कारण धेरै मानिसको मृत्यु हुने मुलुकको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा मृत्यु हुनेको संख्या १८ हजार दुई सय ७९ पुगिसकेको छ ।

फाइल फाेटाे

अमेरिकामा संक्रमितको संख्या  ४ लाख ६२ हजार नाघेको छ । अमेरिकामा बिहीबार मात्र ३० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म अमेरिकामा २५ हजार ४ सयभन्दा धेरै संक्रमित निको भएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म अमेरिकामा २० लाखभन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिसकिएको दाबी गरेका छन् । सीएनएनका अनुसार बिहीबार ह्वाइट हाउसमा बोल्दै उनले अमेरिकाको लागि आम समुदायमा कोरोना भाइरस परीक्षणको जरुरी नरहेको बताएका हुन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार ०७:५७