कैलाली र कञ्चनपुरमा संकलित ६६ नमुनाको रिपोर्ट नेगेटिभ
२७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमित भेटिएको कैलाली र कञ्चनपुर जिल्लामा संकलन गरिएको ६६ वटा नमुना परीक्षणमा काराेना संक्रमण रिपोर्ट नेगेटिभ आएको छ ।
धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा त्यसमध्ये ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनकाअनुसार काठमाडौं उपत्यकाका क्वारेन्टाइन स्थलमा रहेकाहरुको पनि कोभिड–१९ को संक्रमण भए नभएको परीक्षण गर्ने तयारी भइरहेको छ ।
प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार १६:५५