४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश २ का मुख्यमन्त्री राउतसँग स्पष्टिकरण सोध्न एमाले सांसद निरु पालको माग

२ जेठ, काठमाडौँ । नेकपा एमालेकी सांसद निरुदेवी पालले जनताको सरोकारको विषयमा सरकारले ध्यान दिन नसकेको बताएकी छिन । बुधबारको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पालले मोदी आउँदा रातारात सडक पिच हुन सक्छ भने जनताले प्रयोग गर्ने सडक किन सधैँ धुलो र खाल्डोमात्रै भन्दै सरकारको ध्यानाकर्षण गराईन ।

उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रिशिक्षण दिन माग समेत गरिन । उनले भनिन् ‘हामी वामपन्थीहरु त अध्ययनशील हुन्छौं, प्रशिक्षण लिउँला, तर त्यस्ता मुख्यमन्त्रीलाई प्रशिक्षण दिने कि नदिने म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’ मोदी आएका बेला जनकपुरमा नेपाली राष्ट्रिय झण्डाको आकार र रङ थाहा नपाउने कर्मचारीलाई मात्र नभइ मुख्यमन्त्रीलाई समेत स्पष्टीकरण सोध्नुपर्ने उनले बताइन ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १६:१५