नुवाकोटकी एक युवतीलाई कोरोनाको आशंकामा त्रिशूली अस्पताल पठाइयो
२४ चैत, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाकी एक युवतीलाई कोरोनाको आशंकामा अस्पताल पठाइएको छ । चैत १० गते काठमाडौंबाट नुवाकाेट आएकी दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ की २८ वर्षीया युवतीलाई ज्वरो, रुघाखोकी तथा श्वास प्रश्वासमा समस्या देखिएपछि कोरोनाको आशंकामा आइतबार त्रिशूली अस्पतालमा पठाइएको दुप्चेश्वर गाउँपालिकाले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
४१ क्वारेन्टाइन बेड तयार सो गाउँपालिकामा विदेशबाट फर्किएका १३ जनालाई स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा आआफ्नै घरको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ ।
साथै कोरोना संक्रमणबाट दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुको लागत संकलन गरी राहतको व्यवस्था गर्नुका साथै गाउँपालिकामा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार १३:०८