१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

अाेली र प्रचण्डले वालुवाटारबाट यसरी दिए एकताको सन्देश, भोलि संयोजन समितिको बैठक

२ जेठ, काठमाडाैँ । नेकपा एमाले र नेकपा माअोवादी केन्द्रको एकता प्रक्रियाले गति  लिएको छ ।  एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा अोली र माअोवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अाज बिहान भएको भेटवार्ताले एकता टुंग्याउनका लागि भोलि बिहान एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको छ ।

अाज बिहान दुर्इ अध्यक्षले पहिला वान टु वान वार्ता गरेपछि केही सदस्यसहित पुन छलफल गरेका थिए । छलफलपछि दुवै अध्यक्षले बाहिर आएर पत्रकारसामु हात मिलाउदै एकताको सन्देश दिएका छन् ।

भेटपछि संचारकर्मीसग कुरा गर्दै एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एकतालाई अन्तिम रुप दिन समितिको बैठक बोलाउने सहमति भएको जानकारी दिए । भेटमा दुई नेताविच पछिल्लो समय देखिएका केही आशंकाका विषयमा छलफल भएको थियो । दुवै नेताले केही विचौलियाहरुले एकतामा खेल्न खोजिरहेको निष्कर्ष निकालेका छन् ।

दुवै पार्टीबाट पद नपाउने समुहले एकता विरोधी कार्य गरिरहेको दुई नेताको ठम्याईरहेको स्रोतले जानकारी दिएको छ । दुबै पार्टीका शीर्ष नेताले ढिलोमा यही जेठ ६ गते नै पार्टी एकताको घोषणा गर्न दुर्इ अध्यक्षलार्इ सुझाव दिएका छन ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १३:३१