४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पाइलट आदित्यनाथ नेपाली जो मकालु एयरका अध्यक्ष क्याप्टेन फिजुका एक्ला छोरा थिए

२ जेठ, काठमाडौँ । हुम्लाको खार्पुनाथमा मकालु एयरकोे विमान दुर्घटनामा मृत्यु हुने पाइलट आदित्यनाथ नेपाली एयरलाइन्सका अध्यक्ष फिजुनाथ नेपालीका एक्लो छोरा भएको पहिचान भएको छ । फिजुनाथ पनि पाइलट हुन भने आदित्यनाथ मकालु एयरको म्यानेजिङ डाइरेक्टर थिए । नेपालीसँगै दुर्घटनामा क्याप्टेन किरण भट्टराईको पनि मृत्यु भएको थियो ।

तस्बीरमाः अामासँगै रहेका पाइलट अादित्यनाथ सेतो कट्टुमा ।

शव सिमिकोट विमनस्थलमा लगिएको छ । दुर्घटनास्थल खार्पुनाथ सिमीकोट विमानस्थलबाट ७.७ माइल दक्षिणपूर्व पर्छ । बिहान ६ः१२ बजे उडेको विमानको नेपालगन्ज टावरसँग ६ः२७ बजे अन्तिम सम्पर्क भएको थियो । दुर्घटनाअघि पाइलट नेपालीले विमान बादलमा हराएको जानकारी गराएका थिए । सुर्खेतबाट उडेका मकालु एयरको कार्गो विमान खराब मौसमका कारण बिहान दुर्घटना भएको हो ।

यो पनि पढ्नुहोस्

–मकालु एयर दुर्घटनका मृतक दुबै पाइलटको शव सिमिकोट विमानस्थलमा

–मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो, दुर्इ जनाको मृत्यु

 

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १२:५९