४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मकालु एयर दुर्घटनका मृतक दुबै पाइलटको शव सिमिकोट विमानस्थलमा

२ जेठ, काठमाडौँ । हुम्लाको खार्पुनाथमा मकालु एयरकोे विमान दुर्घटनामा मृत्यु हुने पाइलट आदित्य नेपाली र क्याप्टेन किरण भट्टराईको शव सिमिकोट विमनस्थलमा लगिएको छ । दुर्घटनास्थल खार्पुनाथ सिमीकोट विमानस्थलबाट ७.७ माइल दक्षिणपूर्व पर्छ । बिहान ६ः१२ बजे उडेको विमानको नेपालगन्ज टावरसँग ६ः२७ बजे अन्तिम सम्पर्क भएको थियो ।

दुर्घटनाअघि पाइलट नेपालीले विमान बादलमा हराएको जानकारी गराएका थिए । सुर्खेतबाट उडेका मकालु एयरको कार्गो विमान खराब मौसमका कारण बिहान दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका नेपाली मकालु एयरका सञ्चालक फिजुनाथ नेपालीका छोरा भएको खुलेको छ । उनी फिजुका एकमात्र छोरा हुन ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १२:१९