४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

चलचित्र पत्रकारिता सम्मान पत्रकारद्धय दयाराम पाण्डे र ध्रुब लम्साललार्इ प्रदान गरिने

२ जेठ, काठमाडाैँ । पत्रकारद्धय दयाराम पाण्डे र ध्रुब लम्सालले यस वर्षको चलचित्र पत्रकारिता सम्मान पाउने भएका छन । चलचित्र पत्रकार संघ बुधबार सम्पन्न बैठकले आगामी जेठ ७ मा १९ औं स्थापना दिवसको अवसरमा यस बर्षको चलचित्र पत्रकारिता सम्मानबाट  पत्रकारद्वय दयाराम पाण्डे र ध्रुब लम्साललाई सम्मानित गर्ने निर्णय गरेको हाे ।

यस्तै चलचित्र पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकमा आवद्ध लक्ष्मण सुवेदी र टिभी फिल्मीमा कार्यरत सन्ध्या थापालाई प्रदान गर्ने निर्णय भएको सचिव समिर बलामीले जानकारी दिए । त्यस्तै  प्रोत्साहन पुरस्कार फिल्मीखबर डटकममा आवद्ध मनिष दाहाल ‘अन्जान’लाई प्रदान गरिने निर्णय भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार ११:२५