३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

जिल्ला अस्पताल नुवाकोटमा लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ द्धारा पिपिइ र माक्स हस्तान्तरण

२० चैत, काठमाडाैँ । जिल्ला अस्पताल नुवाकोटमा कोरोना संक्रमणको आशंका गरिएका बिरामीहरुको उपचार तथा चेकजाँच सहज होस् भनी लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ ले पिपिइ , माक्स तथा फेस सिल्ड उपलब्ध गराएकोछ। उक्त सामाग्री लायन्स क्लबका जोन चियर पर्सन अनुजकुमार श्रेष्ठले नुवाकोट जिल्ला अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राई तथा डाक्टर गोपाल लामालाई हस्तान्तरण गरेको हो।

असहज परिस्थिति र सुरक्षा सामाग्रीको अभावले उपचारमा समस्या उत्पन्न भैरहेको अबस्थामा लायन्स क्लबले आफ्नो मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत प्रथम चरणमा सात थान सुरक्षा सामाग्री उपलब्ध गराएको हो। छिट्टै दोश्रो चरणको कार्यक्रममा सुरक्षा सामाग्री लगायत अन्य अवश्यक उपकरणहरु उपलब्ध गराउदै जाने कुरा श्रेष्ठले बताउनुभयो। केही समय अगाडि श्रेष्ठकै सकृयतामा एनआईसियु कक्ष निर्माणको लागि अत्याधुनिक उपकरणहरु उपलब्ध गराईएको थियो।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार १८:०९