४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

३० हजार घुस मागेको अभियोगमा तीन जना पक्राउ

१ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जलेश्वर वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन लालबाबु पण्डित र सञ्जिवकुमार साह तथा फोरमेन बाबुसाहेब सिंहविरुद्ध ३० हजार घुस मागेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार एक सेवाग्राहीको थ्रि फेज मिटर जडान गर्ने कार्यका लागि रु ३० हजार घुस मागेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

आरोपी तीनै जनालाई बिगो असुल गरी चार महिनासम्मको कैद सजाय माग गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार १९:२८