४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पैसा लिएको अभियोग लागेका नुवाकोटका न्यायाधीश शाह र श्रेस्तेदार विष्ट हटाइए

१ जेठ, नुवाकोट । सेवाग्राहीसँग अनुचित लाभ लिएर फैसाला गर्ने र पेशी तोक्ने गरेको भन्ने आरोप लगेका जिल्ला अदालत नुवाकोटका न्यायाधीश लोकजंग शाह र श्रेस्तेदार महिमासिंह विष्ट हटाइएका छन । जिल्ला अदालत नुवाकोट भित्रको विकृतिको बारेमा टिभी त्रिशुली र दैनिकी डटकमले समाचार प्रशारण/प्रकाशन गरेपछि कामु प्रधानन्यायाधीशको ध्यानाकर्षण भएको थियो ।

सम्बन्ध विच्छेदको मुद्दा लिएर अदालत पुगेकी महिलालाई न्यायाधीशले बारम्बार फोन गरेर अनुचित सम्बन्ध राख्न खोजेको भन्ने विषयमा समाचार प्रकाशित भएको थियो । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायाधशी शाहलाई सप्तरी र श्रेस्तेतार विष्टलाई उच्च अदालत वीरगञ्जको हेटौँटा इजलाशमा सरुवा गरेका छन । न्यायाधीश र श्रेस्तेदारका बीचमा स्वार्थ बाझिँदा अदालत भित्रको वेथिति छताछुल्ल भएको थियो ।

नुवाकोटमा ऋषिकेश वाग्लेलाई न्यायाधीश बनाएर पठाइएको छ भने श्रेस्तेदारमा शिवप्रसाद वञ्जरालाई पठाइएको छ । यसअघि अदालतको बारेमा मानहानीको डरले केही नबोल्ने सेवाग्राहीहरु पनि जिल्ला अदालतमा वर्षौदेखिको वेथितिका विरुद्धमा बोल्न थालेका छन ।

यो पनि पढ्नुहोस्

–सम्बन्ध विच्छेदको मुद्दा लिएर अदालत पुगेकी महिलालाई न्यायाधीशको बारम्बार फोन (भिडियोसहित)

 

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार १९:३५