११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

एनआइसी बैंकका ग्राहकलाई खुसीको खवर: घरमै बसीबसी सपिङ पनि, छुट पनि

१६ चैत, काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई मेरो किराना अनलाइन (merokirana.com) बाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ई कमर्स साइटमा साझेदारी बमोजिम बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त सुविधा पाउनेछन् ।


मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउनसक्नुहुनेछ । यो योजना चैत मसान्तसम्म लागु हुनेछ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार ०९:४०