१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

ओलीको घुँडामा हैन कांग्रेसीहरुको वुद्धिको भाडोमा भ्वाङः राज्यमन्त्री बास्कोटा

१ जेठ, काभ्रेपलाञ्चोक । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले नेपाली कांग्रेसका नेता गगन थापालाई कडा जवाफ दिएका छन । संसदमा गगनले हिजो भारतीय राष्ट्रपतिलाई स्वागत तर्दा घुँडा टेक्यो, घाउ लाग्यो भन्ने ओली सरकारको घुँडामा भ्वाङ पर्योे कि परेन भनि प्रश्न गरेका थिए ।

त्यसको जवाफमा राज्यमन्त्री बास्कोटाले सरकारको घुँडामा होइन, कांग्रेसीहरुको वुद्धिको भाडोमा भ्वाङ परेको बताए । गृह जिल्ला काभ्रेमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले केपी ओली सरकारले नाकाबन्दीलाई नाकाबन्दी भनेको भन्दै उनले ‘कांग्रेसका केही काजीहरुले नाकाबन्दीबारे केही बोल्न सक्नुभयो ?’ भन्ने प्रश्न समेत गरेका छन ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार १७:५६