१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

माओवादी सांसद काठ व्यापारी कुन्दप्रसाद कुशवाहलाई पक्राउ गर्न अदालतको आदेश

१ जेठ, रौतहट । जिल्ला अदालत रौतहटले वन कसुरको मुद्दामा माओवादी केन्द्रका प्रदेश सांसद कुन्दप्रसाद कुशवाहलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको छ । वन मुद्दामा पुनरावेदन हटौँडाले एक वर्षको कैद सजाए सुनाएका कुशवाहले सर्वाेच्च अदालतमा अपिल गरेका समयमै जिल्ला अदालतले पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको हो ।

कुशवाह रौतहटको क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्यमा विजयी सांसद हुन् । अवैध रुपमा चिरान काठको कारोबार मुद्दामा कुशवाह दोषी ठहर भएका थिए । उनी रौतहटका काठ व्यापारी हुन । उनको न्यू एभरेष्ट स मिल सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार १४:४१