२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

लायन्स क्लवद्वारा सिन्ती झरनाको सफाइ, बाटोको मर्मत (फोटोफिचर)


१ जेठ, चितवन । चितवनको कालि का नगरपालिका वडा नं. ९ र १० को सीमानामा रहेको सिन्ती झरनामा लायन्स क्लव अफ चितवन कालिकाले सरसफाई गरेको छ । संस्थाका वर्ष २०१८÷१९ का अध्यक्ष शिशिर सिंखडाको नेतृत्वमा रहेको टोलीले पर्यटकीय क्षेत्र सिन्ती झरना वरपर सरसफाई गरेको थियो । सो कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, नेपाली सेना सिंहनाथ गण शक्तिखोरका गणपति प्रेम हमाल लगायतको पनि सहभागीता रहेको थियो ।

सफाइको भिडियो ।

त्यसैगरी सो झरना जाने बाटोको सिढी निर्माण कार्यमा पनि सो क्लवले श्रमदान गरेको थियो । नेपाली सेना सिंहनाथ गण शक्तिखोरको श्रमदानमा दोगरादेखि झरनासम्म निर्माण भईरहेको बाटो बनाउने काममा पनि क्लवका सदस्यहरुले सहयोग गरेका थिए । चितवनको पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गइरहेको सो झरनाको विकास गर्न कालिका नगरपालिका लागि परेको नगर प्रमुख श्रेष्ठले बताए । सो साढे २ किलोमिटर लामो बाटोको सिढी बनाउन नेपाली सेना सिंहनाथ गणबाट दैनिक रुपमा ३३ जना सेनाहरु परिचालित भई विगत १० दिनदेखि काम गरिरहेको गणका गणपति प्रेम हमालले जानकारी दिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार १२:२३