१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

कोभिड-१९ः राष्ट्रिय ट्रमा सेन्टरले हटलाइनबाटै ओपीडी सेवा दिने

११ चैत, काठमाडाैँ । कोभिड-१९ को संक्रमणबाट बच्नका लागि सबै खाले उच्च सतर्कता अपनाइएको छ । यही बिचमा सरकारको निर्देशन बमोजिम राष्ट्रिय ट्रमा सेन्टरले हटलाइनबाटै ओपीडी सेवा दिने व्यवस्था मिलाएको छ । अस्पतालमा भिडभाड नगर्नका लागि हटलाइनबाटै ओपीडी सेवा दिने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ ।

कोभिड—१९ले महामारीको रुप लिइरहेको समयमा अस्पतालले जनताको सेवाका निम्ति सेवा प्रवाहमा वैकल्पिक उपाए अवलब्न गरेको हो । अस्पतालमा नपुगी घरबाटैं ओपीडी सेवा लिनका लागि हटलाइन नम्बर ४२२५२७५ मा फोन गर्न सकिन्छ । उक्त हटलाइनमा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ओपीडी सेवा पाउन सकिन्छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार ०९:४४