२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

‘भाषाको राष्ट्रवाद र व्यवहारको लम्पसारवाद, केपी सरकार खबरदार’ भन्दै नेविसंघ सडकमा (फोटोफिचर)


१ जेठ, काठमाडौँ । ‘भाषाको राष्ट्रवाद र व्यवहारको लम्पसारवाद, केपी सरकार खबरदार’ भन्दै नेविसंघ सडकमा निस्किएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आज त्रिचन्द्र क्याम्स अघि ‘भाषाको राष्ट्रवाद र व्यवहारको लम्पसारवाद, केपी सरकार खबरदार’ भन्दै महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा प्रदर्शन गरेको हो ।

नेविसंघका नेता निरन्जन थापाले नेपाली आकाशमा अहिलेसम्म पनि भारतीय सेनाको हेलिकप्टर उडिरहेको भन्दै सरकारको नियतमाथि शंका व्यक्त गरे । प्रदर्शनमा सहभागी नेविसंघका नेताहरुले २४ घण्टाभित्र भारतीय विमान फिर्ता गर्न र भारतीय संसद किर्ती आजादलाई कारबाहीको लागि कुटनितिक पहलको यथाशीघ्र थालनी गर्न माग समेत गरेका छन ।

हेर्नुहोस फोटो

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार ११:५६